२०८२ चैत २६ बिहिवार , ०५:२१:०३ बजे

Sajhamanch
'

शेयर बजार २ दिनमा ९३ अङ्कले बढ्यो

बिहिवार, चैत २६, २०८२

काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४८ दशमलव ७१ अङ्कले बढेर २ हजार ८५१ दशमलव २४ विन्दुमा बढेको छ । हिजो नेप्से ४५ अङ्कले बढेको थियो । दुई दिनमा नेप्से ९३ अङ्कले बढेको छ ।

आज सबै समूहको सूचक बढेकोमा अन्य समूहको सूचक सबैभन्दा धेरै ३ दशमलव ४३ प्रतिशतले उकालो लागेको छ । यस्तै होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन समूहको सूचक २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज २५१ वटा कम्पनीको शेयर बढेकोमा १६ वटाको घटेको छ । यस्तै इस्टर्न हाइड्रोपावरको शेयर भने घटबढ भएको छैन ।

आज आत्मनिर्भर लघुवित्त, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इजर्नी, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन एनआईसी एशिया ब्यालेन्स फन्डको शेयर सबैभन्दा धेरै ६ दशमलव ७४ प्रतिशतले घटेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ८ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ३३८ वटा कम्पनीका २ करोड ७९ लाख कित्ता शेयर ९ अर्ब ९१ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर