२०८२ चैत २३ सोमवार , ०६:२४:०२ बजे

Sajhamanch
'

इजरायली–अमेरिकी आक्रमणमा इरानका गुप्तर प्रमुख खादेमी मारिए

सोमवार, चैत २३, २०८२

झापा । इजरायली–अमेरिकी आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आईआरजीसी) का गुप्तर प्रमुख माजिद खादेमी मारिएका छन् । आईआरजीसीले विज्ञप्ति निकालेर गुप्तचर प्रमुख मारिएका पुष्टि गरेको छ ।

इजरायली रक्षामन्त्री इजरायल काट्ज र इजरायली रक्षा बल (आईडीएफ) ले माजिद खादेमीको हत्याको जिम्मेवारी लिएका बीबीसीले जनाएको छ ।

गएको वर्षको जुनमा भएको १२ दिने युद्धका क्रममा इजरायली आक्रमणमा मोहम्मद काजेमी मारिएपछि खादेमी आईआरजीसीको गुप्तचर प्रमुख नियुक्त भएका थिए ।

खादेमीले गएको जनवरीमा भएको सरकार विरोधी प्रदर्शनमा अमेरिका, इजराइललगायत १० देशका जासुसी संस्थाको भूमिका रहेको दाबी गरेका थिए ।

गएको फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि संयुक्त आक्रमण शुरू गर्दै सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित कैयौँ वरिष्ठ अधिकारीहरूको हत्या गरेको थियो । त्यसयता अमेरिका र इजरायलले इरानी वरिष्ठ अधिकारीहरूको हत्या गर्दै आएका छन् ।

सम्बन्धित खबर