
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत पुनः दोहरिनु भएको छ ।
आइतबार अध्यक्षका लागि भएको निर्वाचनमा राउत ६६ दशमलव ३७ प्रतिशत मतसहित विजयी हुँदै दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।
आइतबार बेलुका भएको निर्वाचनको परिणामअनुसार विजयी राउतका प्रतिस्पर्धी नविन रिजालले ३२ दशमलव ६३ प्रतिशत मत पाउनु भएको छ। जित हात पारेका उद्योगी राउतले उद्योगी ब्यवसायीको मुलमुद्धामा रहेर काम गर्नेमा जोड दिनु भएको छ ।
त्यसैगरी, बस्तुगत तर्फको मतदान प्रक्रियामा प्रदेश सदस्यमा सुवास आचार्य र दिपक पाण्डे विजयी हुनुभएको छ । जिल्ला नगरको सदस्यतर्फ कृष्णप्रसाद रिजाल, राजु ढुंगाना, जयप्रकाश शर्मा, खड्गबहादुर श्रेष्ठ र नविनकुमार चौधरी विजयी हुनुभएको छ ।
यसअघि, जिल्ला नगरतर्फ उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगततर्फ उपाध्यक्षमा राजन श्रेष्ठ, एशोसिएट्सतर्फको उपाध्यक्षमा रविनकुमार दाहाल र कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल निर्विरोध हुनुभयो।
त्यसैगरी एशोसिएट्सतर्फको सदस्यमा देवकीनन्दन अग्रवाल र भविष कुमार श्रेष्ठ पनि निर्विरोध हुनुभएको छ।


