२०८२ चैत २२ आइतवार , ०८:४३:५५ बजे

Sajhamanch
'

सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ

आइतवार, चैत २२, २०८२

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल (डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार दिउँसो राष्ट्रपति कार्यालय भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई सभामुख पदको पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

आजै प्रतिनिधिसभाको बैठकमा अर्याल निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गरिएको थियो ।

सम्बन्धित खबर