
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई अमेरिकाको शीर्ष कानून प्रवर्तन अधिकारीको पदबाट हटाउनुभएको छ ।
ट्रम्पले ट्रुथ सोसलको पोस्टमा बोन्डीको प्रशंसा गर्दै उहाँले निजी क्षेत्रमा नयाँ भूमिका सम्हाल्ने बताउनुभएको छ । न्याय विभागको नेतृत्व गर्दा बोन्डीको कार्यकाल मुख्यतः जेफ्री एपस्टिनसम्बन्धी फाइनल सार्वजनिक गर्ने विषयमा विवादित रहेको थियो ।
गएको मार्चमा क्रिस्टी नोएमलाई गृह सुरक्षा प्रमुखको पदबाट हटाइएपछि पछिल्लो समय पदबाट हटाइने बोन्डी ट्रम्प प्रशासनकी दोस्रो अधिकारी हुनुहुन्छ ।
बोन्डीको ठाउँमा सहायक महान्यायाधिवक्ता टोड ब्लान्चेलाई नियुक्त गर्ने तयारी रहेको खबरमा उल्लेख छ ।


