२०८२ चैत १९ बिहिवार , ०४:३७:३४ बजे

Sajhamanch
'

ओली र लेखकलाई तत्काल रिहाइ गर्न संसद्‌बाट एमालेको माग

बिहिवार, चैत १९, २०८२

काठमाडौं । प्रतिनिधिसभा पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ ।

एमाले सांसद गुरु बरालले पहिलो बैठकमा विरोध जनाउँदै उठेका थिए । लगत्तै सभामुख अर्जुननरसिंह केसीले उहाँलाई बोल्न समय दिनुभयो ।

सो क्रममा सांसद बरालले संविधान विपरीत ओली र लेखकलाई पक्राउ गरिएको भन्दै रिहा गर्न समेत माग गर्नुभयो ।

‘नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई मुलुकी कार्यविधिको दफा १८१ र १८२ गलत ढंगबाट प्रयोग गरेर बन्दी बनाइएको छ,’ उहाँले भन्नुभयो, ‘यो गम्भीर आपत्तिको विषय छ । यो विषयलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहेको छ । आज सरकारले निर्मम दमन गरिरहेको छ ।’

‘आजै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दछौं,’ उहाँले भन्नुभया।