२०८२ चैत १९ बिहिवार , ०१:५५:४४ बजे

Sajhamanch
'

२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त, आजै अन्त्येष्टि गरिने

बिहिवार, चैत १९, २०८२

सुर्खेत । इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्ने भएका छन् । उनको शव बुझेर बिहीबार दिउँसो भेरी पुल नजिकको सम्झिघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको परिवारले जनाएको छ ।

इनिसाको न्यायको माग गर्दै परिवारले शव बुझ्न मानिरहेको थिएन । उनको शव २७ दिनदेखि प्रदेश अस्पतालको शव गृहमा राखिएको छ ।

मंलबार जिल्ला अदालत सुर्खेतले बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारैजना नाबालकलाई पुर्पक्षका लागि बाल सुधारगृह पठाउन आदेश दिएको थियो ।अदालतको आदेशपछि परिवार इनिसाको शव बुझ्न तयार भएका हुन् ।

गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी १६ वर्षीया इनिसा वीरेन्द्रनगर-१ मा बस्दै आएकी थिइन् । वीरेन्द्रनगरकै उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत उनी गत फागुन २३ गते बिहान टिउसन पढ्न जाने भन्दै घरबाट निक्लिएकी थिइन् ।

सोही दिन बिहान ९ बजे वीरेन्द्रनगर–४ मा रहेको शहीद पार्क नजिकै जङ्गलमा अचेत अवस्थामा फेला परेकी थिइन् । लगतै प्रहरीले प्रदेश अस्पताल कालागाउँ पुर्‍याय पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

सोही घटनामा प्रहरीले चार जना युवकलाई नियन्त्रणमा दिएको थियो । प्रारम्भिक रूपमा घटना शंकास्पद देखिएपछि बलात्कारपछि हत्या भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाइएको थियो ।

इनिसा घटनाका दोषीलाई तत्काल कारबाही गर्न माग गर्दै देशैभर विभिन्न चरणमा प्रदर्शनसमेत भएका थिए ।

सम्बन्धित खबर