२०८२ चैत १९ बिहिवार , ०१:०३:०९ बजे

Sajhamanch
'

६ दलका यी शीर्ष नेताले सम्बोधन गर्दैछन् प्रतिनिधिसभा बैठकमा

बिहिवार, चैत १९, २०८२

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ ।

दिउँसो २ बजे सिंहदरबारको पुतली बगैँचामा रहेको निर्माणाधीन नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा बस्ने बैठकमा राष्ट्रिय पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने सहमति दलहरूबिच बनेको छ ।

सङ्घीय संसद् सचिवालयले दिएको जानकारी अनुसार बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र नेपाली कांग्रेसबाट भीष्मराज आङ्देम्बेले सम्बोधन गर्नेछन् ।

लामिछाने पार्टी सभापति हुन् । कांग्रेसका सभापति गगन थापासहितका शीर्ष नेता प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका र दलको नेता नचुनिएकाले आङदेम्बेले सम्बोधन गर्ने तय भएको कांग्रेस नेताहरू बताउँछन् ।

दिउँसो २ बजेका लागि आह्वान गरिएको बैठकमा नेकपा (एमाले)का तर्फबाट संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्बोधन गर्ने तय भएको सचिवालयले जनाएको छ ।

श्रम संस्कृति पार्टीका तर्फबाट अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने कार्यक्रम तय भएको सचिवालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर