२०८२ चैत १७ मङ्गलवार , १२:२६:०७ बजे

Sajhamanch
'

दुबई बन्दरगाहमा कुवेतको ठूलो तेल ट्याङ्करमाथि आक्रमण

मङ्गलवार, चैत १७, २०८२

काठमाडौं । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहमा कुवेतको एक ठूलो तेल ट्याङ्करमाथि आक्रमण भएको छ ।

घटनापछि बन्दरगाह क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ भने सुरक्षा निकायहरूले अनुसन्धान तीव्र पारेका कुवेती समाचार एजेन्सी कुनाले जनाएको छ ।

आक्रमण रातिको समयमा भएको थियो भने अहिलेसम्म आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन । ट्याङ्करमा विस्फोटक पदार्थ प्रयोग गरिएको आशंका गरिएको छ, जसका कारण जहाजको केही भागमा क्षति पुगेको छ । यद्यपि आगलागी चाँडै नियन्त्रणमा लिइएको र ठूलो मानवीय क्षति नभएको खबरमा उल्ले छ ।

दुबई प्रशासनले घटनालाई गम्भीर रूपमा लिँदै बन्दरगाह वरपर सुरक्षा कडा बनाएको छ । साथै, ट्याङ्करमा रहेका कर्मचारीहरूलाई सुरक्षित ठाउँमा सारिएको छ । घाइतेहरूको उपचार नजिकैका अस्पतालमा भइरहेको छ ।

कुवेत सरकारले पनि घटनाप्रति चिन्ता व्यक्त गर्दै विस्तृत छानबिन भइरहेको जनाएको छ । यो आक्रमणले क्षेत्रीय सुरक्षा तथा तेल आपूर्तिमा असर पार्न सक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायले चासो देखाएका छन् ।

यस घटनाले मध्यपूर्व क्षेत्रमा सुरक्षा चुनौती थपिएको संकेत गरेको विश्लेषकहरूको भनाइ छ ।

सम्बन्धित खबर