२०८२ चैत १६ सोमवार , ०५:०७:२९ बजे

Sajhamanch
'

कोशीबाट निर्वाचित सांसदहरूसँग प्रधानमन्त्री शाहले लिए क्षेत्रगत समस्याको ब्रिफिङ

सोमवार, चैत १६, २०८२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले कोशी प्रदेशका प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरूसँग आज छलफल गरेका छन् ।

सोमबार उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरूलाई बोलाएर त्यहाँका समस्या र समाधानका उपायहरूबारे छलफल गरेका हुन् ।

छलफलमा सहभागी भएका रास्वपा सांसद यज्ञमणि न्यौपानेका अनुसार, सबै सांसदहरूले आ–आफ्नो क्षेत्र र जिल्लाका समस्याबारे प्रधानमन्त्री शाहसमक्ष ब्रिफिङ गरेका थिए ।

‘कोशी प्रदेशका सामुहिक समस्या र प्रत्येक निर्वाचन क्षेत्रका आ–आफ्ना क्षेत्रका समस्याबारे प्रधानमन्त्रीज्यूलाई जानकारी गराइयो’ प्रधानमन्त्री शाहसँगको छलफलपछि न्यौपानेले भने, ‘उहाँले तत्काल समाधान गर्नुपर्ने समस्या के हुन् ? त्यसको समाधानको बाटो के छ ? भनेर जिज्ञासा राख्नुभयो । सबैले आ आफ्नो धारणा राख्ने काम भयो ।’

साथै, प्रधानमन्त्री शाहले प्राथमिकताका आधारमा समस्याहरू समाधान गर्दै अघि बढ्ने पनि बताए । ‘प्राथमिकताका आधारमा, बजेटको आधारमा प्राथमिकता निर्धारण गरेर छिटोभन्दा छिटो समाधान गर्ने विषयमा उहाँको कुरा रह्यो’ सांसद न्यौपानेले भने ।

सम्बन्धित खबर