२०८२ चैत ९ सोमवार , १२:००:१३ बजे

Sajhamanch
'

हर्मुज जलमार्ग खोल्ने आवश्यकताबारे ट्रम्प र स्टार्मरबीच छलफल

सोमवार, चैत ९, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायतका प्रधानमन्त्री किअर स्टार्मरबीच ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग खोल्ने आवश्यकतामाथि छलफल भएको छ ।

विश्वव्यापी ऊर्जा बजारमा स्थिरता सुनिश्चित गर्न हर्मुज जलमार्ग खोल्न आवश्यक छ भन्ने कुरामा उहाँहरू सहमत हुनुभएको बीबीसीले जनाएको छ ।

‘स्ट्रेट अफ हर्मुज’ विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हो । विश्वको झन्डै २० प्रतिशत तेल आपूर्ति यही मार्गबाट ढुवानी हुन्छ । खाडी क्षेत्रका प्रमुख तेल उत्पादक देशहरूले यही बाटो प्रयोग गर्छन् । इरानले भने हर्मुज जलमार्ग सबैका लागि खुला रहेको दाबी गरेको छ ।

यसैबीच इरानले अमेरिकालाई ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्न भनेको छ । साथै इरानले यसअघि नष्ट भएका विद्युत् उत्पादन केन्द्रहरू पुनर्निर्माण नभएसम्म ‘स्ट्रेट अफ हर्मुज’ नखोल्नेसमेत जनाएको छ ।

साथै इरानले इजरायलका ऊर्जा केन्द्र, सूचना तथा सञ्चार प्रविधि पूर्वाधारका साथै क्षेत्रीय देशहरूमा रहेका अमेरिकी लगानीका ऊर्जा केन्द्र र अमेरिकी शेयरधनी भएका कम्पनीहरूमा पनि आक्रमण गर्ने जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले हर्मुज नाका पूर्णरूपमा खोल्न इरानलाई ४८ घण्टाको समय दिनुभएको थियो । इरानले यस क्षेत्रमा इजरायल र अमेरिकी जहाजमाथि ड्रोन र मिसाइल आक्रमण गर्दै आएको छ ।