२०८२ चैत ५ बिहिवार , ०४:५९:२३ बजे

Sajhamanch
'

पर्यटकीय भिसामा रहेका विदेशीलाई नखेलाउन एन्फालाई अध्यागमन विभागको पत्राचार

बिहिवार, चैत ५, २०८२

काठमाडौं । अध्यागमन विभागले पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलमा सहभागी नगराउन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई पत्राचार गरेको छ ।

विभागका निर्देशक टीकाराम ढकालले विज्ञप्ति निकालेर विदेशी खेलाडीलाई खेलाउनुपर्ने भएमा नियमअनुसार कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन अनुरोध गर्नुभएको हो ।

पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीहरूलाई नियम विपरीत खेलाइएको पाइएमा कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।

पर्यटकीय भिसामा रहेका खेलाडीहरू एन्फाले सञ्चालन गरिरहेको राष्ट्रिय महिला तथा पुरुष लिग खेलेको भन्ने उजुरी परेपछि अध्यागमन विभागले एन्फालाई पत्राचार गरेको हो ।

विभागले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई पनि पत्रको बोधार्थ गरेको छ ।

सम्बन्धित खबर