२०८२ चैत ४ बुधवार , ०३:०६:४५ बजे

Sajhamanch
'

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

बुधवार, चैत ४, २०८२

विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।

खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले हेलिकप्टर दुर्घटनाको पुष्टि गर्नुभयो । दुर्घटनामा कसैको पनि हताहती नभएको उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय खोटङका डीएसपी प्रकाश बुढाथोकीले दुर्घटना भएको बताउनु भयो । उहाँले दुर्घटनामा काजीबहादुर राई घाइते भएको बताउनु भयो । खार्तम्छा बालाबेँसीमा हेलिकप्टर अवतरणको क्रममा दुर्घटना भएको हो । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार थिए ।

केपिलासगढी गाँउपालिका-२ का वडाअध्यक्ष मिलन राईले दुर्घटनामा एकजना घाइते भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एकजना घाइते भएको भन्ने आएको छ । म केही समयमा घटनास्थल पुग्छु ।’