२०८२ चैत ४ बुधवार , १२:११:१२ बजे

Sajhamanch
'

अमेरिकी भण्डारण बढ्दा विश्व बजारमा आज तेलको मूल्य अस्थायी रूपमा घट्यो

बुधवार, चैत ४, २०८२

झापा । विश्व बजारमा तेलको मूल्य आज केही घटेको छ । अमेरिकी पेट्रोलियम इस्टिच्युटको तथ्याङ्क अनुसार अमेरिकी कच्चा तेलको भण्डारण उल्लेखनीय रूपमा बढेको छ ।

अन्तर्राष्ट्रिय मापदण्डको तेलको मूल्य प्रति ब्यारेल १.१५ डलरले घटेर १०२.२७ डलरमा झरेको छ भने अमेरिकी मापदण्डको तेलको मूल्य १.५४ डलरले घटेर ९४.६७ डलर प्रति ब्यारेलमा झरेको छ ।

अमेरिकामा मार्च १३ तारिखमा कच्चा तेलको भण्डारण ६.५६ मिलियन ब्यारेलले बढेको थियो । यसअघि झन्डै ३८० हजार ब्यारेल मात्र वृद्धि हुने अनुमान गरिएको थियो । अपेक्षाभन्दा धेरै भण्डारण बढेपछि तेलको मूल्यमा गिरावट आएको रोयर्टसले उल्लेख गरेको छ ।

इराकले टर्कीएको सिहान बन्दरगाहमार्फत् तेल निर्यात पुनः शुरू गर्ने सहमति गरेको छ । त्यस्तै, लिबियाको राष्ट्रिय आयल कर्पोरेशनले आगलागीका बाबजुद पनि उत्पादन निरन्तर रहेको जनाएको छ ।

विश्लेषकहरूका अनुसार, आपूर्ति बढ्नु र भण्डारण उच्च हुनुका कारण अहिले तेलको मूल्य केही घटेको भए पनि भूराजनीतिक तनावले आउँदा दिनमा मूल्यमा उतारचढाव ल्याउन सक्ने सम्भावना छ ।