२०८२ चैत ३ मङ्गलवार , ०६:४४:२७ बजे

Sajhamanch
'

प्रतिनिधि सभामा युवा सहभागिता सानदार देखियो (सूचीसहित)

मङ्गलवार, चैत ३, २०८२

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट संसद्मा युवाहरूको सहभागिता सानदार देखिएको छ । प्रत्यक्ष र समानुपातिक तर्फसमेत गरेर कुल १०० भन्दा बढी युवा निर्वाचित भएका हुन् ।

सधैँ पाका र कपाल फुलेका नेताहरूको बाहुल्यता हुँदै आएको संघीय संसद्मा यसपटक युवा सांसदहरूको उल्लेख्य देखिएको हो । ’राष्ट्रिय युवा नीति, २०८२’ ले १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्यालाई ‘युवा’ भनेर परिभाषित गरेको छ। यद्यपि सांसद बन्न भने २५ वर्ष उमेर हुनुपर्ने व्यवस्था छ ।

यही नीतिको मापदण्डभित्र पर्ने १०२ जना (२५ देखि ४० वर्ष) युवा सांसद यसपटक प्रतिनिधि सभामा निर्वाचित भएका हुन्।  जसमध्ये प्रत्यक्ष निर्वाचन प्रणालीतर्फबाट ६१ जना र समानुपातिकतर्फबाट ४१ जना युवा परेका छन्।

’राष्ट्रिय युवा नीति, २०८२’ को परिच्छेद २ को दफा २.६.२२ मा नीति निर्माणदेखि कार्यान्वयनसम्मका चरणमा युवाको समावेशी र सार्थक सहभागिता सुनिश्चित गर्ने रणनीति तय गरिएको छ। कानुन र नीति निर्माणको सर्वोच्च थलो प्रतिनिधि सभामै ४० वर्षमुनिका युवाहरूको यति ठुलो उपस्थिति हुनुले अब केही नयाँपन हुने विश्वास गरिएको छ । उसो त देशको प्रधानमन्त्री नै ३६ वर्षीय बालेन शाह बन्ने यात्रामा छन् ।

राष्ट्रिय जनगणना २०७२ अनुसार देशको कूल जनसङ्ख्याको झन्डै ४२ प्रतिशत हिस्सा १६ देखि ४० वर्ष उमेर समूहको रहेको छ ।

युवा सांसदको सूची

१. प्रत्यक्षतर्फ निर्वाचित युवा सांसदहरू (६० जना)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) – ५२ जना

१. प्रशान्त उप्रेती (२५ वर्ष) – मकवानपुर–२

२. के पी खनाल (२६ वर्ष) – कैलाली–२

३. मनिष खनाल (२६ वर्ष) – नवलपरासी पूर्व–२

४. बब्लु गुप्ता (२८ वर्ष) – सिराहा–१

५. सुलभ खरेल (२८ वर्ष) – रुपन्देही–२

६. निशा डाँगी (२९ वर्ष) – झापा–१

७. सस्मित पोखरेल (२९ वर्ष) – काठमाडौँ–५

८. रामजी यादव (३० वर्ष) – सप्तरी–२

९. शिव शंकर यादव (३० वर्ष) – सिराहा–२

१०. रन्‍जु न्‍यौपाने (३० वर्ष) – काठमाडौँ–१

११. सोविता गौतम (३० वर्ष) – चितवन–३

१२. रुबिना आचार्य (३१ वर्ष) – मोरङ–६

१३. सुशान्त वैदिक (३१ वर्ष) – प्यूठान–१

१४. तपेश्वर यादव (३३ वर्ष) – सिराहा–४

१५. उज्‍ज्‍वल कुमार झा (३३ वर्ष) – महोत्तरी–३

१६. बदन कुमार भण्डारी (३३ वर्ष) – काभ्रेपलाञ्चोक–२

१७. झवि लाल डुम्रे (३३ वर्ष) – स्याङजा–२

१८. सन्तोष राजवंशी (३४ वर्ष) – मोरङ–४

१९. दिपक कुमार साह (३४ वर्ष) – महोत्तरी–२

२०. सोम शर्मा (३४ वर्ष) – बाग्लुङ–२

२१. सागर ढकाल (३४ वर्ष) – गुल्मी–१

२२. सुनिल लम्साल (३५ वर्ष) – रुपन्देही–१

२३. खगेन्द्र सुनार (३५ वर्ष) – बाँके–३

२४. वालेन्द्र (बालेन) शाह (३६ वर्ष) – झापा–५

२५. पुष्पा कुमारी चौधरी (३६ वर्ष) – सप्तरी–१

२६. सुशील कुमार कानु (३६ वर्ष) – पर्सा–२

२७. जगदीश खरेल (३६ वर्ष) – दोलखा–१

२८. तोसीमा कार्की (३६ वर्ष) – ललितपुर–३

२९. कन्हैया बनिया (३६ वर्ष) – रुपन्देही–४

३०. प्रकाश पाठक (३७ वर्ष) – झापा–३

३१. आसिका तामाङ (३७ वर्ष) – धादिङ–१

३२. प्रकाश गौतम (३७ वर्ष) – मकवानपुर–१

३३. हरी प्रसाद भुसाल (३७ वर्ष) – अर्घाखाँची–१

३४. रबिन महतो (३८ वर्ष) – सर्लाही–२

३५. धनेन्द्र कार्की (३८ वर्ष) – सिन्धुली–१

३६. पुकार बम (३८ वर्ष) – काठमाडौँ–४

३७. सुधन गुरुङ (३८ वर्ष) – गोरखा–१

३८. तौफिक अहमद खान (३८ वर्ष) – रुपन्देही–५

३९. कमल सुबेदी (३८ वर्ष) – दाङ–३

४०. दिपक राज बोहरा (३८ वर्ष) – कञ्चनपुर–२

४१. लाल बिक्रम थापा (३९ वर्ष) – सुनसरी–२

४२. रहवर अंसारी (३९ वर्ष) – बारा–४

४३. राजीव खत्री (३९ वर्ष) – भक्तपुर–२

४४. राजन गौतम (३९ वर्ष) – नवलपरासी पूर्व–१

४५. सुशील खड्का (३९ वर्ष) – बाग्लुङ–१

४६. विपिन कुमार आचार्य (३९ वर्ष) – दाङ–२

४७. जगत प्रसाद जोशी (३९ वर्ष) – कैलाली–३

४८. कृष्ण कुमार कार्की (४० वर्ष) – मोरङ–२

४९. गणेश कार्की (४० वर्ष) – मोरङ–३

५०. पारश मणि गेलाल (४० वर्ष) – उदयपुर–१

५१. प्रमोद कुमार महतो (४० वर्ष) – महोत्तरी–१

५२. ज्ञानेन्द्र सिंह महता (४० वर्ष) – कञ्चनपुर–३

नेपाली कांग्रेस – ५ जना

५३. योगेश गौचन थकाली (३२ वर्ष) – मुस्ताङ–१

५४. निश्कल राई (३५ वर्ष) – इलाम–१

५५. सन्दीप राना (३८ वर्ष) – पाल्पा–१

५६. मो. फिरदोश आलम (३९ वर्ष) – रौतहट–२

५७. खडक वहादुर वुढा (४० वर्ष) – जाजरकोट–१

नेपाल कम्युनिस्ट पार्टी (एमाले) – २ जना

५८. सुहाङ नेम्बाङ (३६ वर्ष) – इलाम–२

५९. क्षितिज थेबे (३८ वर्ष) – ताप्लेजुङ–१

राष्ट्रिय प्रजातन्त्र पार्टी – १ जना

६०. ज्ञान बहादुर शाही (३४ वर्ष) – जुम्ला–१

श्रम संस्कृति पार्टी – १ जना

६१. आरेन राई (२९ वर्ष) – खोटाङ–१

२. समानुपातिकतर्फ निर्वाचित युवा सांसदहरू (३८ जना)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) – ३१ जना

१. स्मृति सेन्चुरी (२५ वर्ष)

२. खिमा वि.क. (२५ वर्ष)

३. श्रद्धा कुँवर क्षेत्री (२७ वर्ष)

४. पुरुषोत्तम शुभप्रभात यादव (२७ वर्ष)

५. आकृति अवस्थी (२७ वर्ष)

६. सृष्टी भट्टराई (२७ वर्ष)

७. करिश्मा कठरिया (२८ वर्ष)

८. निशा मेहता (२८ वर्ष)

९. अनुष्का श्रेष्ठ (२९ वर्ष)

१०. क्रान्तिशिखा धिताल (२९ वर्ष)

११. एलिजा गुरुङ (३० वर्ष)

१२. सीता बादी (३० वर्ष)

१३. अंकिता ठाकुर (३० वर्ष)

१४. अफसाना बानु (३१ वर्ष)

१५. गजाला शमीम मिकरानी (३१ वर्ष)

१६. रमेश प्रसाईं (३२ वर्ष)

१७. प्रतिभा रावल (३२ वर्ष)

१८. सरिता महतो (३२ वर्ष)

१९. गीता चौधरी (३३ वर्ष)

२०. गंगा छन्त्याल (३५ वर्ष)

२१. सुनिता कुमारी चौधरी (३५ वर्ष)

२२. राम लामा (३६ वर्ष)

२३. मिड्मा ग्याबु शेर्पा (३६ वर्ष)

२४. कृपा महर्जन (३६ वर्ष)

२५. तारा विश्वकर्मा (३६ वर्ष)

२६. भूमिका श्रेष्ठ (३७ वर्ष)

२७. रीमा विश्वकर्मा (३७ वर्ष)

२८. शोभा खनाल (३८ वर्ष)

२९. सुजाता तामाङ (३९ वर्ष)

३०. प्रभा ढकाल (३९ वर्ष)

३१. समिना मिया (३९ वर्ष)

नेपाली काँग्रेस – ४ जना

३२. गीता गुरुङ (३० वर्ष)

३३. हरिना देवी कामी (३७ वर्ष)

३४. रेणुका काउचा (३९ वर्ष)

३५. शाहजान खातुन (४० वर्ष)

नेपाल कम्युनिस्ट पार्टी (एमाले) – ४ जना

३६. एशुदा कुमारी बराल (३४ वर्ष)

३७. नीता घतानी (३७ वर्ष)

३८. रिगला यादव (४० वर्ष)

३९. यशोदा कुमारी (४० वर्ष)

श्रम संस्कृति पार्टी – १ जना

४०. रुवी कुमारी (२५ वर्ष)

राष्ट्रिय प्रजातन्त्र पार्टी – १ जना

४१. खुश्बु ओली (३५ वर्ष)

सम्बन्धित खबर