२०८२ चैत ३ मङ्गलवार , १२:१८:३७ बजे

Sajhamanch
'

बिर्तामोडमा प्रहरीको ‘सर्च अप्रेशन’, बसपार्कका होटलबाट १६ जना पक्राउ

मङ्गलवार, चैत ३, २०८२

झापा । पछिल्लो समयमा बिर्तामोड बसपार्कका होटलहरुमा यौनधन्दा र लागूऔषधको कारोबार बढ्दै गएको जनगुनासो आइरहेको अवस्थामा झापा प्रहरी एक्सनमा उत्रिएको छ । यौनधन्दा र लागूऔषधको कारोबार हुने ती होटलको पहिचान गरी प्रहरीले ‘सर्च अप्रेशन’ गरी निगरानी बढाएको छ ।

त्यस क्रममा गएराति ९ः४५ बजे अर्जुनधारा नगरपालिका ११ बसपार्कस्थित राईमान होटल एन्ड लजबाट शङ्कास्पद अवस्थामा भेटिएका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको टोलीले चेकजाँच गर्दा शङ्कास्पद अवस्थामा फेला पारी पाँच युवतीसहित १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा १८ देखि २४ वर्ष उमेरका युवतीहरू छन् ।

त्यस्तै ग्राहकका रुपमा भेटिएका चार भारतीय र एक नेपाली पुरुष पनि नियन्त्रणमा रहेको जनाइएको छ । उनीहरूलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

सम्बन्धित खबर