२०८२ चैत २ सोमवार , ११:४३:०० बजे

Sajhamanch
'

मध्यपूर्व युद्धले ठूला तेल कम्पनीहरूको शेयर अहिलेसम्मकै उच्च विन्दुमा

सोमवार, चैत २, २०८२

झापा । मध्यपूर्वमा चलिरहेको युद्धले विश्व ऊर्जा बजारमा ठूलो असर पारेको छ । यद्दपि इरानमाथि अमेरिका–इजरायलको आक्रमणपछि तेलको आपूर्तिमा सङ्कट निम्तिँदा विश्वका ठूला तेल कम्पनीका शेयर भने बढेर ऐतिहासिक उचाइमा पुगेका छन् ।

युद्ध शुरू भएको दुई हप्ताभित्रै विश्वका ६ वटा प्रमुख तेल कम्पनीहरूको बजार मूल्य झन्डै १३० अर्ब अमेरिकी डलरभन्दा धेरैले बढेको बेलायती अखबार अखबार ‘द गार्जियन’ ले जनाएको छ ।

विशेषगरी बेलायतका ठूला तेल कम्पनीका शेयर विशेषगरी तीव्र रूपमा बढेका छन् । लन्डन स्टक एक्सचेन्जमा सूचीकृत शेल कम्पनीको बजार मूल्य झन्डै १९० अर्ब पाउन्ड पुगेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको खबरमा उल्लेख छ । युद्ध शुरू भएयता यसको शेयर मूल्य झन्डै १२ प्रतिशतले बढेको छ ।

त्यस्तै एक्स अन मोबिलको बजार मूल्य झन्डै ६३० अर्ब डलर पुगेको छ भने चेभरनको मूल्य पनि झन्डै ३९० अर्ब डलर पुगेको छ ।

युद्धका कारण विश्व बजारमा तेलको मूल्य पनि तीव्र रूपमा बढेको छ । अन्तर्राष्ट्रिय मानकअनुसार तेलको मूल्य प्रति ब्यारेल ११७ डलर पुगेको थियो भने अहिले झन्डै १०० डलर माथि कारोबार भइरहेको छ । ऊर्जा आपूर्ति अवरुद्ध हुने चिन्ताले बजारमा अस्थिरता बढेको विश्लेषकहरूले बताएका छन् ।

यसैबीच जलवायु अभियान समूहले युद्धका कारण तेल कम्पनीहरूले अत्यधिक नाफा कमाइरहेको भन्दै सरकारहरूलाई अतिरिक्त नाफामा कर लगाउन माग गरेको छ । यदि मध्यपूर्वमा लामो समयसम्म तनाव रहि रह्यो भने तेलको मूल्य अझै बढ्ने र ऊर्जा बजारमा थप अस्थिरता आउने विश्लेषकहरूले अनुमान गरेका छन् ।

सम्बन्धित खबर