२०८२ चैत १ आइतवार , ०५:३५:१८ बजे

Sajhamanch
'

चालू आर्थिक वर्षको पहिलो ७ महिनामा वाणिज्य बैंकहरूको नाफा सामान्य घट्यो

आइतवार, चैत १, २०८२

काठमाडौं । चालू आर्थिक वर्षको माघ मसान्तसम्म देशका २० वाणिज्य बैंकहरूले ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ५.४ प्रतिशतले कम हो ।

साउनदेखि माघसम्मको अवधिमा १० वटा वाणिज्य बैंकको नाफा बढेको छ भने बाँकी १० बैंकको नाफा घटेको छ । नाफा कमाउनेमा नबिल बैंक ५ अर्ब ३८ करोड रुपैयाँसहित पहिलो स्थानमा छ । यस्तै दोस्रोमा ग्लोबल आईएमई बैंकले ४ अर्ब १४ करोड र तेस्रोमा कुमारी बैंकले ३ अर्ब १७ करोड रुपैयाँ कमाएका छन् ।

नाफा वृद्धिमा कुमारी बैंक सबैभन्दा अगाडि रहेको छ, जसको नाफा अघिल्लो वर्षको तुलनामा ३ सय २९ प्रतिशतले बढेको छ । सिद्धार्थ बैंकको नाफा झन्डै दोब्बर अर्थात् ९९.५७ प्रतिशतले वृद्धि भएको छ । नाफामा सबैभन्दा ठूलो गिरावट लक्ष्मी बैंकमा देखिएको छ ।

लक्ष्मी बैंकको नाफा ८४.७३ प्रतिशतले घटेर जम्मा २४ करोड २७ लाखमा सीमित भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र सिटिजन्स बैंकको नाफा पनि ३६ प्रतिशतभन्दा बढीले घटेको छ ।

सम्बन्धित खबर