२०८२ चैत १ आइतवार , ०२:०४:२८ बजे

Sajhamanch
'

‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाको बिजुली केन्द्रीय लाइनमा जोडियो

आइतवार, चैत १, २०८२

म्याग्दी । म्याग्दीको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली केन्द्रीय लाइनमा जोडिएको छ ।

रघुगङ्गा गाउँपालिका–७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको २२ दशमलव ५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली केन्द्रीय लाइनमा जोडिएको हो ।

आयोजनाको भौतिक संरचना निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण सकेर अस्ति बेलुकादेखि परीक्षणका लागि केन्द्रीय लाइनमा पठाउन थालिएको आयोजनाका प्रमुख शिवसागर यादवले जानकारी दिनुभयो ।

परीक्षण सफल भएपछि अबको १५ दिनमा व्यावसायिक उत्पादन शुरू हुनेछ । सुक्खायाम भएकाले अहिले १३ दशमलव ८६ मेगावाट बिजुली उत्पादन भइरहेको आयोजना प्रमुख यादवले बताउनुभयो ।

बाँध, विद्युत् गृह, पाइपलाइन, प्रसारणलाइन र विद्युत् गृहका उपकरण जडानका साथै आन्तरिक परीक्षण सकेर परीक्षण उत्पादन थालिएको थियो ।

यो आयोजना रन अफ द रिभर प्रकृतिको हो । फेदीदेखि बन्दीसम्म १४ वटा टावर बनाएर ६ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण भएको छ ।

सम्बन्धित खबर