२०८२ फागुन २९ शुक्रवार , ०२:३१:२५ बजे

Sajhamanch
'

साँगुरीगढी गाउँपालिका उपाध्यक्ष एमालेबाट निष्कासित, कांग्रेसका उम्मेदवारलाई भोट मागेको आरोप

शुक्रवार, फागुन २९, २०८२

विराटनगर । चुनावमा अन्तर्घात गरेको आरोपमा नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई निष्कासन गरेको छ । जिल्ला कमिटी बैठकले गाँउपालिका मुनालाई साधारणसदस्य समेत नरहने गरी कारबाही गरेको हो ।

लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको, पटक पटक सम्पर्कमा आउन ताकेता गर्दा पनि नमानेपछि कारबाही गरिएको एमाले धनकुटाका अध्यक्ष शिव आङ्लाले बताउनु भयो ।

मुनाले प्रतिनिधिसभा निर्वाचनमा पार्टीविरुद्ध गतिविधि गरेको र अन्तर्घात गरेको पाइएको आङ्लाले जानकारी दिनुभयो । भीम राईको संयोजकत्वमा गठित छानबिन समितिले मुनालाई कारबाही सिफारिस गरेको थियो ।

उपाध्यक्ष राईले कांग्रेसका उम्मेदवारलाई भोट मागेको प्रमाण रहेको एमाले स्रोत बताउँछ । धनकुटाबाट एमालेका राजेन्द्रकुमार राई पुनः निर्वाचित भएका छन् ।

सम्बन्धित खबर