२०८२ फागुन २९ शुक्रवार , ०१:२१:५९ बजे

Sajhamanch
'

निर्वाचनका क्रममा भ्रम फैलाएको आरोपमा ३७ जना पक्राउ

शुक्रवार, फागुन २९, २०८२

जनकपुरधाम । प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा मधेस प्रदेशका चार जनासहित देशभरबाट ३७ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि रानायण काफ्लेका अनुसार उम्मेदवारी दर्तादेखि मतदानको दिनसम्ममा १५ जिल्लाका ३७ जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले उनीहरुलाई विभिन्न मिति र स्थानबाट पक्राउ गरेको थियो ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तरगत उम्मेदवार गत माघ ६ गते भएको थियो भने फागुन २१ मा मतदान सम्पन्न भएको थियो ।
प्रवक्ता प्रहरी नायव महानिरीक्षक काफ्लेका अनुसार यस अवधिमा काठमाडौँमा सबैभन्दा बढी मानिस पक्राउ परेका छन् ।

काठमाडौँमा सामाजिक सञ्जालमा भ्रम फैलाउने १६ जनालाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, बाँकेका ४ जना, दाङका ३ जना, चितवनका २ जना, सल्याणका २ जनालाई पक्राउ गरिएको छ ।

यस्तै, भक्तपुर, सुनसरी, सप्तरी, धनुषा, रौतहट, बारा, मकवानपुर, कास्की, रुपन्देही र अछामका एक।एक जनालाई पक्राउ गरिएको केन्द्रीय प्रवक्ता काफ्लेले बताउनु भयो ।

सम्बन्धित खबर