२०८२ फागुन २९ शुक्रवार , ०९:४१:०८ बजे

Sajhamanch
'

‘भात खाऊ, मेरो टाउको नखाऊ !’ हर्क साम्पाङको फेसबुक स्टाटसको अन्तर्य

शुक्रवार, फागुन २९, २०८२

विराटनगर । स्थापनाको ६ महिनामै राष्ट्रिय पार्टी बन्न सफल बनेको हर्क साम्पाङ नेतृत्वको दल श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ ३ सिट जितेको छ।

कोशी प्रदेशका निर्वाचन क्षेत्रहरू सुनसरी–१, भोजपुर र खोटाङमा प्रत्यक्ष जितेको यो दलले समानुपातिकमा पनि कम्तीमा ४ जना सांसद पाउने सम्भावना छ।

यो सम्भावना उच्च भएकै बेला पार्टी अध्यक्ष हर्क साम्पाङ भने समानुपातिकको तनावले पिरोलिएको पाइएको छ।

बिहीबार राति दुई घन्टाको अन्तरमा उनले लेखेका दुइटा फेसबुक स्ट्याटसले अध्यक्ष हर्कमाथि दबाब उच्च भएको देखिन्छ।

बिहीबार राति करिब ८ बजेतिर ‘भात खाऊ मेरो टाउको नखाऊ’ भनेर फेसबुकमा लेखेका हर्कले राति १० बजे फेरि अर्को स्ट्याटस लेखे।

त्यसमा उनले भनेका छन्, ‘अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गर्नेछु ! हद भो !!!’

चुनाव लडेको पहिलो प्रयासमै राष्ट्रिय दल बनेको पार्टी प्रमुख हर्कले किन यस्तो स्ट्याटस लेखे ? यसबारे उनको सचिवालयमा सम्पर्क गर्दा सचिवालयका एक सदस्यले अहिले हर्कलाई आफूलाई समानुपातिक सांसद बनाइदिन भन्दै फोनमार्फत दबाब दिनेको लाम लागेको जानकारी दिए ।

‘उहाँलाई दबाब दिएर दिक्क लगाएको पाइएको छ’ ती सदस्यले भने, ‘उहाँले त्यही भएर कडा स्ट्याटस लेख्नुभएको हो।

सम्बन्धित खबर