२०८२ फागुन २८ बिहिवार , १२:२६:४९ बजे

Sajhamanch
'

विदेशी मुद्रा सञ्चिति ३३ खर्ब नाघ्यो, यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)

बिहिवार, फागुन २८, २०८२

काठमाडौं । नेपालको विदेशी मुद्रा सञ्चिति ३३ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको ७ महिनामा विदेशी मुद्रा सञ्चिति २३ दशमलव ३ प्रतिशतले बढेर ३३ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ । गएको असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब रुपैयाँ रहेको थियो ।

यस्तै ७ महिनामा चालू खाता ४ खर्ब ९३ अर्ब ७८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको यही अवधिमा चालू खाता १ खर्ब ८४ अर्ब १४ करोड रुपैयाँले बचतमा रहेको थियो ।

यस्तै शोधनान्तर स्थिति ५ खर्ब ७३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको यही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको थियो ।

त्यस्तै गएको माघ मसान्तसम्ममा १० अर्ब २२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको यही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो ।

सम्बन्धित खबर