२०८२ फागुन २६ मङ्गलवार , १२:१८:३५ बजे

Sajhamanch
'

इरानसँगको युद्ध चाँडै समाप्त हुन सक्छ : ट्रम्प

मङ्गलवार, फागुन २६, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुन सक्ने बताउनुभएको छ ।

यद्दपि उहाँले अमेरिकाले पर्याप्त जीत हासिल नगरेको र अन्तिम विजयको लक्ष्य राखेको पनि बताउनुभएको बीबीसीले जनाएको छ । ट्रम्पले इरानले मध्यपूर्वबाट तेल ढुवानी रोकेमा युद्ध अझ चर्काउने चेतावनी दिनुभएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपतिको टिप्पणीपछि मङ्गलवार एशियामा प्रारम्भिक कारोबारमा विश्वव्यापी कच्चा तेलको मूल्य घटेको छ, सोमवार तेलको मूल्य प्रतिब्यारेल ११५ अमेरिकी डलरसम्म पुगेको थियो । यद्दपि तेलको मूल्य मध्यपूर्वमा युद्धको शुरुआतमा भएको भन्दा अझै पनि झन्डै ३० प्रतिशतले धेरै छ ।

इरानले हर्मुज मार्ग अवरुद्ध गर्ने धम्की दिएको छ भने ट्रम्पले इरानले त्यसो गरेमा थप आक्रमण बढाउने चेतावनी दिनुभएको छ । हमुर्ज मार्गमा लामो समयसम्म अवरोध रहिरहे मार्च महिनाको अन्त्यसम्ममा तेलको मूल्य प्रतिब्यारेल १५० डलर पुग्न सक्ने विश्लेषकहरूले अनुमान गरेका छन् ।

हर्मुजलाई विश्वभर तेल र ग्यास आपूर्तिका लागि सबैभन्दा महत्वपूर्ण समुद्री मार्ग मानिन्छ । हरेक दिन झन्डै २ करोड ब्यारेल तेल यही क्षेत्र हुँदै आपूर्ति हुने गर्दछ । यो क्षेत्र पर्सियन खाडी र ओमान खाडीको बीचमा रहेको छ ।

अमेरिका र इजरायलले गएको महिनाको अन्त्यतिर इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वी देशहरूमा तनाव कायमै छ ।

सम्बन्धित खबर