२०८२ फागुन २६ मङ्गलवार , १२:१३:२४ बजे

Sajhamanch
'

मध्यपूर्व युद्ध : सन् २००८ को आर्थिक सङ्कट नदोहोरिने अर्थशास्त्री अघियोनको दाबी

मङ्गलवार, फागुन २६, २०८२

झापा । मध्यपूर्वमा चलिरहेको युद्धले सन् २००८ को जस्तै विश्वव्यापी वित्तीय सङ्कट आउने सम्भावना नरहेको नोबेल पुरस्कार विजेता तथा फ्रान्सेली अर्थशास्त्री फिलिप अघियोन दाबी गर्नुभएको छ ।

यदि युद्ध लामो समयसम्म चलिरहेमा सम्भावित मन्दी हुने देखिए पनि २००८ को जस्तो वित्तीय सङ्कट जस्तो सम्भावना नदेखेको उहाँले बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । यद्दपि युद्धका कारण तेलको मूल्य प्रतिब्यारेल १५० अमेरिकी डलरभन्दा माथि पुग्ने र यसले मुद्रास्फीति धेरै बढ्ने उहाँको भनाइ छ ।

सन् १९७३ को योम किप्पुर युद्धमा इजरायललाई समर्थन गर्ने राष्ट्रहरूमाथि तेल निर्यात गर्ने अरब सदस्यहरूको सङ्गठन ओपेकले लगाएको तेल प्रतिबन्धका कारण मूल्यहरू नाटकीय रूपमा बढेको र त्यसले मुद्रास्फीति र आर्थिक गतिरोधमा वृद्धि गरेको थियो ।

सम्बन्धित खबर