२०८२ फागुन २५ सोमवार , ११:३२:४३ बजे

Sajhamanch
'

३० वर्ष वा त्यो भन्दा कम उमेरका ९ जना सांसद निर्वाचित

सोमवार, फागुन २५, २०८२

काठमाडौं । प्रतिनिधिसभामा यसपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फ ३० वर्ष वा त्यो भन्दा कम उमेरका नौ जना निर्वाचित भएका छन् । उहाँहरु सबै राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट निर्वाचित हुनुभएको हो ।

निर्वाचन आयोगका अनुसार कैलाली २ बाट २६ वर्षका केपी खनाल र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ बाट २६ वर्षकै मनीष खनाल निर्वाचित हुनुभएको छ । यस्तै रुपन्देही २ बाट २८ वर्षका सुलभ खरेल र सिराहा १ बाट २८ वर्षकै बब्लु गुप्ता निर्वाचित हुनुभएको छ । झापा १ मा निर्वाचिन निशा डाँगी २९ वर्षकी हुनुहुन्छ ।

यस्तै चितवन ३ बाट सोविता गौतम, काठमाण्डौ १ बाट रञ्जु न्यौपाने, सिराहा २ बाट शिवशंकर यादव र सप्तरी २ बाट रामजी यादव चारैजना ३० वर्षका हुनुहुन्छ । समानुपातिक प्रणालीको मतपरिणाम आएपछि रास्वपाबाट अझ केही नवयुवाले संसद् जाने अवसर पाउने छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका २०८२ अनुसार प्रतिनिधि सभा चुनावको उम्मेदवार बन्न २५ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ ।

सम्बन्धित खबर