
काठमाडौं । प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकमा तीन लाख मत कटाएको छ ।
८८ लाख ४८ हजार १४८ मत गणना हुँदा श्रम संस्कृतिको तीन लाख आठ हजार ६५६ मत पुगेको छ । यो गणना भएको मतको करिब साढे तीन प्रतिशत हो ।
समानुपातिक तर्फ सिट प्राप्त गर्न कुल सदर मतको तीन प्रतिशत भन्दा बढी मत ल्याउनु पर्दछ । श्रम संस्कृतिलाई पछ्याइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ९० हजार ७१ मत पाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको ४२ लाख, नेपाली कांग्रेसको १४ लाख, नेकपा (एमाले)को १२ र नेपाली कम्युनिष्ट पार्टीको ६ लाख भन्दा बढी मत आइसकेको छ ।
प्रत्यक्षमा श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ, आरेन राई र ध्रुवराज राई निर्वाचित भइसकेका छन् । इलाम–१ मा श्रम संस्कृतिका उम्मेदवार दोस्रो स्थानमा छन् ।


