२०८२ फागुन २६ मङ्गलवार , १२:४५:०५ बजे

Sajhamanch
'

बजार खुलेको १ मिनेटमै नेप्सेमा सकारात्मक ‘सर्किट ब्रेक’

सोमवार, फागुन २५, २०८२

काठमाडौं । शेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । आज बजार खुलेको १ मिनेटमै शेयर बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेर सर्किट ब्रेक लागेको हो ।

सर्किट ब्रेक लागेसँगै शेयर कारोबार २० मिनेटका लागि रोकिएको छ । शेयर बजार १०८ अङ्कले बढेर २ हजार ८२१ विन्दुमा पुगेको छ ।

बिहीवार भएको चुनावमा रास्वपाले दुईतिहाइ नजिक मत पाएपछि स्थिर सरकारको आशामा लगानीकर्ता आकर्षित भएका हुन् ।

अहिले कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’ सम्बन्धी व्यवस्थाअनुसार कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ ।

त्यस्तै दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार बन्द हुने व्यवस्था छ ।

सम्बन्धित खबर