२०८२ फागुन २५ सोमवार , १०:३३:०४ बजे

Sajhamanch
'

जाँचबुझ आयोगका अध्यक्ष भन्छन्– ‘गोली हान्ने र हान्न लगाउनेलाई कारबाहीको सिफारिस गरेका छौँ’

आइतवार, फागुन २४, २०८२

काठमाडौं । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदन बुझाएपछि आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भदौ २३ मा काठमाडौँको बानेश्वर लगायतको क्षेत्रमा जेनजी किशोरहरूमाथि गोली प्रहार गर्ने र आदेश दिनेहरूलाई कारबाहीको सिफारिस गरिएको बताउनु भयो । उहाँले भन्नुभयो– ‘गोली हान्ने, हान्न लगाउने र नरोक्ने सबै कारबाहीको सिफारिसमा परेका छन् ।’

भदौ २३ मा भएको जेनजी प्रदर्शनमा प्रहरीले प्रहार गरेको गोली लागेर बानेश्वरमा २१ जनाले ज्यान गुमाएका थिए । कार्कीले भन्नुभयो– ‘किशोरहरूलाई सहिद बनाउनेहरूलाई कारबाही कारबाही गर भनेका छौँ ।’

भदौ २३ र २४ मा भएको घटना जाँचबुझ गर्न समय लागेको हुनाले प्रतिवेदन बुझाउन ढिलाइ भएको उल्लेख गर्दै कार्कीले भन्नुभयो– ‘निर्वाचनको रिजल्ट कुरेर प्रतिवेदन बुझाएको होइन ।’

मुलुकको लागि काम गरेको हुनाले आफूलाई ‘सन्तोष’ लागेको उहाँले बताउनु भयो । प्रतिवेदन सार्वजनिक गरेर कार्यान्वयनमा जानुपर्छ भनेर आफूले प्रधानमन्त्री र मन्त्रिपरिषद्को सदस्यहरूलाई भनेको उल्लेख गर्दै कार्कीले भन्नुभयो– ‘प्रतिवेदन कार्यान्वयन नभए अर्को आन्दोलन हुनसक्छ भनेको छु ।’

सम्बन्धित खबर