२०८२ फागुन २५ सोमवार , १०:०५:२२ बजे

Sajhamanch
'

कैलाली–२ बाट रास्वपाका केपी खनाल विजयी

आइतवार, फागुन २४, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावमा कैलाली क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल विजयी हुनुभएको छ ।

खनाल ७ हजार १०८ मतान्तरसहित विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । खनालले १९ हजार ५७ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका पतिराम चौधरीले ११ हजार ९४९मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेकपा एमालेका सूर्यबहादुर थापाले ७ हजार ८८६ र नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले ७ हजार २१३ मत प्राप्त गर्नुभएको छ ।

सम्बन्धित खबर