२०८२ फागुन २४ आइतवार , ०४:१५:०५ बजे

Sajhamanch
'

मुगुमा कांग्रेसका खड्ग शाही विजयी

आइतवार, फागुन २४, २०८२

काठमाडौं । कर्णालीको मुगुमा नेपाली कांग्रेसका खड्ग शाही विजयी हुनुभएको छ ।

नेकपा एमालेका पूर्णबहादुर रोकायालाई झन्डै १ हजार २०० मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो ।

निर्वाचन आयोगका अनुसार सात हजार ९१४ मतसहित शाही निर्वाचित हुँदा रोकायाले छ हजार ७१८ मत ल्याउनु भएको छ ।

मुगुमा नेपाली कम्युनिस्ट पार्टीका चन्द्रबहादुर शाहीले पाँच हजार ५५८ र राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ५३० मत प्राप्त गर्नु भएको छ।

यस्तै नेकपा माओवादीका रंगवीर परियारले २८०, राप्रपाका बलबहादुर मल्लले २०३ र प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटनकुमार मल्लले २२ मत ल्याउनु भएको छ ।

सम्बन्धित खबर