२०८२ फागुन २४ आइतवार , ०२:३३:४२ बजे

Sajhamanch
'

बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी

आइतवार, फागुन २४, २०८२

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी हुनुभएको छ । उहाँ निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार लालबहादुर थापालाई ५४० मतले पछि पार्दै विजयी हुनुभएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार गिरी १७ हजार १७३ मतसहित विजयी हुँदा थापाले १६ हजार ६३३ मत पाउनु भएको छ । तेस्रो भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हेमराज थापाले तीन हजार ४२८ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश शाह तीन हजार ४२८ मतसहित चौथो हुनुभएको छ ।

बाजुरामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार केशरबहादुर शाहीले ३५२, नेकपा माओवादीका उम्मेदवार भुपेन्द्र ल्वारले ३३३ पाउनु भएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीका दिपककुमार डिसीले ९७ र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले ७२ मत ल्याउनु भएको छ ।