
तेह्रथुम । तेह्रथुमको पछिल्लो मतगणना परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले ९१ मतान्तरसहित अग्रता लिएका छन् । उनले ३ हजार ८४ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले २ हजार ९ सय ९३ मत प्राप्त गरेका छन् । यसअघि ढकालले अग्रता लिएका थिए । तर पछिल्लो मत परिणाम अनुसार उनी पछि परेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार्कीले २ हजार ५ सय ४९ मत प्राप्त गरेका छन् । त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार सुविन्द्र कुमार लिम्बूले १ हजार ४ सय ४१ र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रनध्वज लिम्बूले २ सय ४७ मत प्राप्त गरेका छन् ।


