२०८२ फागुन २१ बिहिवार , ०२:०६:०६ बजे

Sajhamanch
'

दोलखामा मतपत्र लुटिएपछि बुथ एजेन्ट नै प्रहरीको नियन्त्रणमा

बिहिवार, फागुन २१, २०८२

त्यसपछि रोकिएको मतदान अझै सुरु हुन नसकेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले रोकिएको मतदान सुरु नसकेको र छलफल जारी रहेको जानकारी दिए ।

‘बुथ एजेन्टहरूलाई सुरक्षित ठाउँमा राखिएको छ । मतपत्र लुटपाट हुन थालेपछि उहाँहरूलाई सुरक्षित स्थानमा लगिएको हो’ उनले अनलाइनखबरसँग भने ।

बुथमा दलका प्रतिनिधि (एजेन्ट)ले नै मतपत्र लुटेपछि प्रहरीले नियन्त्रणमा लिएको हो? प्रश्नमा उनले थपे, ‘नियन्त्रण होइन । सुरक्षित ठाउँमा राखेका हौँ । दलका केही प्रतिनिधिले मतपत्र लुट्न खोजेपछि समस्या भएको चाहिँ हो ।’

सम्बन्धित खबर