२०८२ फागुन २० बुधवार , ०७:३१:४० बजे

Sajhamanch
'

७२ घण्टाका लागि देशभरका भन्सार कार्यालय बन्द

बुधवार, फागुन २०, २०८२

काठमाडौँ । देशभरका भन्सार कार्यालयहरु बन्द भएका छन् । निर्वाचनका लागि बुधबार बिहान ६ बजेदेखि बिहीबार साँझ ६ बजेसम्मका लागि बन्द गरिएको हो ।

भन्सार कार्यालयहरुले सूचना जारी गर्दै २० फागुन बिहान ६ बजेदेखि २१ फागुन साँझ ६ बजेसम्म आपतकालीन सेवा बाहेकका सवारी साधनलाई नेपाल प्रवेश गर्न रोक लगाउने जनाइएको छ । नेपालबाट भारततर्फ जाने खाली मालवाहक सवारी साधनलाई भारत प्रवेश गर्न आवश्यक सहजीकरण गरिने सूचनामा उल्लेख छ ।

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले ७२ घण्टाका लागि देशभरका भन्सार कार्यालय बन्द गरिएको बताए । बिहीबार हुने निर्वाचनलाई मध्यनजर गर्दै भन्सार नाका ७२ घण्टाका लागि बन्द गरिएको छ, बिहीबार साँझ ६ बजेपछि मात्रै खुल्छ उनले भने ।

इन्धन, औषधीलगायत अस्पतालजन्य वस्तुहरु, हरियो तरकारी तथा फलफूलका सवारी भने आवतजावत हुने भण्डारीले बताए ।

सम्बन्धित खबर