२०८२ फागुन १९ मङ्गलवार , ०३:०७:५३ बजे

Sajhamanch
'

फागुन २१ गते चुनाव नहुने वा अनिष्ठ हुने भविष्यवाणी गर्ने ज्योतिष अधिकारी प्रहरी नियन्त्रणमा

मङ्गलवार, फागुन १९, २०८२

काठमाडौँ । ज्योतिष रुद्रनाथ अधिकारी पक्राउ पर्नुभएको छ । चुनाव नहुने भन्दै भविष्यवाणी गर्ने अधिकारीलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको परिवारका सदस्यको भनाई छ ।

उहाँले ग्रहण लाग्ने समयमा चुनाव गर्ने मिति तोकिएको भन्दै चुनाव नहुने र भए पनि अनिष्ठ हुने भविष्यवाणी गरेको सामाजिक सञ्जालहरुमा ब्याप्त थियो ।

निर्वाचन नहुने भन्दै भविष्यवाणी गरेर निर्वाचन बिथोल्ने गतिविधि गरेको भन्दै उहाँलाई मच्छेगाउँस्थित आफ्नै घरबाट सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

परिवार स्रोतका अनुसार ज्योतिष अधिकारीलाई नियन्त्रणमा लिँदा प्रहरीले कुनै पुर्जी वा कागज देखाएको छैन । उहाँलाई १० मिनेट कुरा गर्नुपर्यो भन्दै लगिएको परिवारको भनाई छ ।

तर, साँझ अबेरसम्म पनि घर नफर्किएपछि बुझ्दा उहाँलाई पठाउन नमिल्ने र सम्मानसाथ राखिएको प्रहरीले बताएको अधिकारीको पारिवारिक स्रोतले बताएको छ ।

अन्य ज्योतिषीहरुले भने अधिकारीको पक्राउको विरोध गरेका छन् ।

सम्बन्धित खबर