२०८२ फागुन १८ सोमवार , ०१:५९:०७ बजे

Sajhamanch
'

चुनाव प्रचारप्रसार अन्तिम चरणमा

सोमवार, फागुन १८, २०८२

काठमाडौं । आउँदो बिहीवार हुन लागेको चुनावका लागि प्रचारप्रसार गर्न पाइने आज अन्तिम दिन हो । आज राति १२ बजेदेखि मौन अवधि शुरू हुने भएकोले देशैभरि राजनीतिक दल, उम्मेदवार र उनीहरूका कार्यकर्ताहरू चुनाव प्रचारप्रसारको अन्तिम चरणमा व्यस्त छन् ।

मतदान हुनुभन्दा ४८ घण्टाअघि मौन अवधि शुरू हुन्छ । आज राति १० बजेदेखि चुनावको भोलिपल्ट फागुन २२ गते शुक्रवार बिहान ६ बजेसम्म नेपाल–भारतका सीमा नाकाहरू बन्द गर्ने स्थानीय प्रशासनहरूले निर्णय गरेका छन् ।

निर्वाचन आयोगले मतदान प्रक्रिया र बदर मत घटाउने उद्देश्यले देशभरि सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको जनाएको छ ।

बिहीवार देशैभरि एकै चरणमा मतदान हुन हुँदैछ । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद छान्न छुट्टाछुट्टै मतपत्रमार्फत मतदान हुनेछ ।

प्रतिनिधिसभाको अहिलेको चुनाव आवधिक नभई विशेष परिस्थितिमा हुन लागेको हो । गएको भदौमा भएको नवयुवा आन्दोलनका कारण प्रतिनिधिसभा विघटन भएको थियो ।

सम्बन्धित खबर