
झापा । इरानको आणविक कार्यक्रमसँग सम्बन्धित घटनाक्रमको समीक्षा गर्न संयुक्त राष्ट्रसङ्घको आणविक एजेन्सी (आईएईए) ले असाधारण बैठक बोलाएको छ । आईएईएले विज्ञप्ति निकालेर रुसको आह्वानमा बैठक आयोजना गरेको जनाएको हो ।
अमेरिका र इजरायलसहित पश्चिमा देशहरुले इरानमाथि आणविक हतियार प्राप्त गर्न खोजिरहेको आरोप लगाउँछन् । तर इरानले सैन्य महत्वाकांक्षाहरू अस्वीकार गर्दै आणविक प्रविधि केवल नागरिक उद्देश्यका लागि प्रयोग गर्ने अधिकारमा जोड दिएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इजरेलमाथि प्रत्याक्रमण नगर्न इरानलाई चेतावनी दिनुभएको छ । सामाजिक सञ्जाल ट्रूथ सोसलमा लेख्दै ट्रम्पले इरानले प्रत्याक्रमण गरेमामा आफूहरुले अहिलेसम्म नदेखिएको शक्तिका साथ प्रहार गर्ने चेतावनी दिनुभएको हो ।


