२०८२ फागुन १५ शुक्रवार , ११:४५:१८ बजे

Sajhamanch
'

पाकिस्तान र अफगानिस्तानबीच तनाव थप बढ्दै

शुक्रवार, फागुन १५, २०८२

झापा । पाकिस्तान र अफगानिस्तानबीच सीमामा चलिरहेको द्वन्द्वले नया रुप लिएको छ । पछिल्लो प्रतिवेदन अनुसार, पाकिस्तानले अफगानिस्तानका विभिन्न शहरहरूमा हवाई र जमिनबाट आक्रमण गरेको छ भने अफगानिस्तानले पनि जवाफी आक्रमण गरेको दाबी गर्दै आएको छ ।

पाकिस्तानका प्रधानमन्त्रीका प्रवक्ता मोशर्रफ जायदका अनुसार पाकिस्तानी सेनाको आक्रमणमा अहिलेसम्म १३३ अफगानी तालिबान सदस्य मारिएका र २०० भन्दा बढी घाइते भएको दाबी गरेका बीबीसीले जनाएको छ । तर तालिबानले कुनै क्षति नभएको दाबी गरेको छ ।

पाकिस्तानका राष्ट्रपति असिफ अली जरदारीले देशको सेनाको जवाफी कारबाहीको प्रशंसा गर्दै आफ्नो शान्तिलाई कमजोरी सम्झनेहरूले कडा जवाफ भोग्ने चेतावनी दिनुभएको छ । तालिबानले कांधार र हेलमण्डमा पाकिस्तानी सैनिक इलाकाहरुमा प्रतिकारात्मक हमला गरेको उल्लेख गरेको थियो ।

सन २०२५ अक्टोबरमा दुई देशबीच अस्थायी शान्ति सम्झौता भए पनि पछिल्लो समय सीमा क्षेत्रमा आक्रमण चलिरहेको छ । दुवै पक्षले एकअर्कालाई पहिले आक्रमण गरेको आरोप लगाउँदै आएका छन् ।

सम्बन्धित खबर