
झापा । यही फागुन २१ गते हुन लागेको निर्वाचनका लागि झापा-५ मा संयुक्त गस्ती सुरु भएको छ ।
आपराधिक प्रवृत्तिका मानिसहरूलाई हतोत्साहित गर्न तथा शान्ति सुरक्षा कायम गर्न एकीकृत सुरक्षा योजना अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती सुरु भएको हो ।
कुनै अप्रिय घटना नघटोस्, निर्वाचन सुरक्षामा कुनै आँच नआओस् र कुनै आपराधिक क्रियाकलाप नहोस् भनेर आवश्यकता अनुसार सङ्ख्या निर्धारण गरी विभिन्न ठाउँमा गस्ती भइरहेको जिल्ला प्रहरी कार्यालय झापामा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो।
तस्वीरहरू :
-1772093242.jpeg)
-1772093242.jpeg)
-1772093239.jpeg)
-1772093239.jpeg)
-1772093235.jpeg)
-1772093236.jpeg)
-1772093232.jpeg)


