२०८२ फागुन १३ बुधवार , ०४:५९:१० बजे

Sajhamanch
'

केरल राज्यको नाम केरलम राख्ने भारत सरकारको निर्णय

बुधवार, फागुन १३, २०८२

झापा ।  भारतको केन्द्रीय मन्त्रिपरिषद्ले केरल राज्यको नाम परिवर्तन गरी केरलम राख्ने प्रस्तावलाई स्वीकृति दिएको छ । केरल विधानसभाले सन् २०२४को जुन २४ तारिखमा निर्णय गरी केरलको नाम केरलम राख्न अनुमति मागेको थियो ।

केरल विधानसभाको माग अनुसार अब मलयालम भाषामा प्रचलित राज्यको मौलिक नामलाई औपचारिक मान्यता दिने बाटो खुलेको छ । मलयालम भाषामा ‘केर’को अर्थ जल र ‘अलम’को अर्थ भूमि अर्थात् जलबाट निस्किएको भूमिको रूपमा ‘केरलम’ नाम रहन गएको विश्वास गरिन्छ । यो मान्यता परशुरामको कथासँग जोडिन्छ । स्थानीय बोलीचालीमा अहिले पनि ‘केरलम’ नै प्रचलित छ ।

केन्द्रीय मन्त्रिपरिषद् बैठकले केरलम नामाकरणको प्रस्ताव राष्ट्रपतिसमक्ष पठाएको छ । राष्ट्रपतिले नयाँ नाम विधानसभामा पठाएपछि संविधान बमोजिम संशोधन हुनेछ । नाम परिवर्तनको विषय पछिल्ला केही वर्षदेखि चर्चामा थियो ।

यससँग पौराणिक कथा, ऐतिहासिक सन्दर्भ र भाषिक तर्कहरू, परशुरामको कथादेखि मौर्य सम्राट अशोकका शिलालेखसम्म जोडिएका छन् । अहिलेकै नाममा एक अक्षर थप्ने यो निर्णयलाई स्थानीय भाषा र पहिचानलाई संवैधानिक मान्यता दिने प्रयासका रूपमा हेरिएको छ ।

सम्बन्धित खबर