२०८२ फागुन १३ बुधवार , ०४:५१:५८ बजे

Sajhamanch
'

चुनावमा खटिएका सुरक्षाकर्मी घाइते भए सरकारले उपचार गर्ने

बुधवार, फागुन १३, २०८२

काठमाडौं । सरकारले आसन्न निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको निस्शुल्क उपचार गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारका क्रममा लाग्ने खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

‘निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा क्रममा लाग्ने खर्च नेपाल सरकारले ब्यहोर्ने,’ सरकारको निर्णय सुनाउँदै प्रवक्ता अर्यालले भन्नुभयो ।

साथै, सो अवधिमा कोही पनि सुरक्षाकर्मीको मृत्यु भएमा परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि भएको उहाँले बताउनु भयो ।

‘सो अवधिमा निजहरूको मृत्यु भएमा परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने,’ मन्त्रिपरिषद् निर्णयमा भनिएको छ ।

सम्बन्धित खबर