२०८२ फागुन १३ बुधवार , ०२:३२:३१ बजे

Sajhamanch
'

युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ : राष्ट्रपति जेलेन्स्की

बुधवार, फागुन १३, २०८२

झापा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धको ४ वर्षपछि पनि युक्रेनको एकता कायम रहेको र रुसले आफ्नो लक्ष्य हासिल गर्न नसकेको बताउनुभएको छ ।

४ वर्ष अघि सन् २०२२ फेब्रुअरी २४ तारिखमा शुरू भएको रुसको आक्रमणले पूर्वी युक्रेनको धेरै भाग पूर्ण रुपमा क्षति भइसकेको छ । लाखौं विस्थापित भएका छन् ।

युक्रेनीहरूले आक्रमणको शुरूवाती दिनहरूमा प्रतिरोध गरेका थिए । पछिल्लो समय रुसले आफुले कब्जा गरेको भूभाग सम्झौताबाट नपाए लडेरै भएपनि लिने चेतावनी दिएको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफुहरुले बलियो, सम्मानजनक र दिगो शान्ति चाहेको बताउनुभएको समाचार संस्था एपीले जनाएको छ । युक्रेनले अमेरिका र अन्य सहयोगीहरूको सुरक्षा ग्यारेन्टीबिना सम्झौतामा हस्ताक्षर नगर्ने स्पष्ट अडान राख्दै आएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन सरकारले तयार पारेको रुस विरोधी प्रस्तावमा भएको मतदानमा अमेरिकाले भाग नलिई तटस्थ बसेको छ । मतदानमा कूल १०७ देशले प्रस्तावको पक्षमा मतदान गरेका छन् भने रुस, बेलारुस, इरान र उत्तर कोरियासहित १२ देशले विपक्षमा मतदान गरेका छन् ।

त्यस्तै, अमेरिकासहित आर्मेनिया, ब्राजिल, हंगेरी, कजाकिस्तान, सर्बिया र उज्वेकिस्तान गरी ५१ देशहरू तटस्थ बसेका छन् ।

सम्बन्धित खबर