२०८२ फागुन १३ बुधवार , ११:४६:१३ बजे

Sajhamanch
'

सुडानमा अर्धसैनिक बलको आक्रमणमा परी २८ जनाको ज्यान गयो

बुधवार, फागुन १३, २०८२

झापा । अर्धसैनिक बल र्यापिड सर्पोट फोर्स (आरएसएफ) को आक्रमणमा परी सुडानमा हिजो कम्तीमा २८ जनाको ज्यान गएको छ भने ३९ जना घाइते भएका छन् । यो समुह ले पछिल्लो समय सुडानमा राजनीतिक र सैन्य शक्ति बढाउँदै गएको छ ।

सन् २०१९ पछि सुडानमा संक्रमणकालिन सरकार र सत्ता संघर्षबीच सन् २०२३ अप्रिल १५ मा सुडानी सेना र आरएसएफबीच ठूलो संघर्ष शुरू भएको हो । यसले पुरै देशमा गृहयुद्ध निम्त्याएको छ ।

तीन वर्षदेखि चलिरहेको गृहयुद्धको अनुगमन गर्दै आएको ‘सुडान डाक्टर्स नेटवर्क’ का अनुसार आक्रमणका क्रममा क्षेत्रको एक मात्र स्वास्थ्य केन्द्रमा क्षति पुगेको छ । स्वास्थ्यकर्मीहरू पनि आक्रमणको निशानामा परेका थिए भने एक जना स्वास्थ्यकर्मीको अवस्था अझै थाहा हुन नसकेको खबरमा उल्लेख छ ।

डाक्टर्स नेटवर्कले नागरिकमाथि भएको आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको ठाडो उल्लङ्घन भएको भन्दै ‘पूर्णरूपमा आपराधिक कार्य’ को संज्ञा दिएको छ ।

यो आक्रमण पश्चिमी दारफुर क्षेत्रमा बढ्दो जातीय तनावका बीच भएको हो । हालै संयुक्त राष्ट्रसंघीय अनुसन्धानले आरएसएफले गैर–अरब समुदायविरुद्ध नरसंहारजस्ता कार्य गरेको निष्कर्ष सार्वजनिक गरेको थियो ।

स्वतन्त्र समूह ‘इमर्जेन्सी लयर्स’ का अनुसार आरएसएफ लडाकुहरूले शहरका धेरै घरहरूमा आगजनी गरेका छन्, जसका कारण स्थानीय बासिन्दा नजिकका गाउँतर्फ विस्थापित भएका छन् ।

सम्बन्धित खबर