२०८२ फागुन ११ सोमवार , ०५:४५:३६ बजे

Sajhamanch
'

कसैले पनि बुथ कब्जा गर्ने कल्पना नगरे हुन्छ : ओली

सोमवार, फागुन ११, २०८२

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदाताले स्वतन्त्र र निष्पक्ष वातावरणमा मतदान गर्न पाउनुपर्ने माग राख्नु भएको छ।

झापा–५ मा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो ।

‘चुनाव निष्पक्ष वातावरणमा मतदाताले स्वतन्त्र ढंगले मत खसाउन पाउनुपर्छ । मतदान केन्द्रमा पुग्न पाउनुपर्छ । स्वतन्त्र ढंगले भोट खसाउन पाउनुपर्छ । यस कुरामा नेकपा एमाले अठिडग रहँदै आएको छ,’ ओलीले भन्नुभयो ।

साथै, उहाँले कुनै पनि मतदान केन्द्रमा बुथ कब्जा गर्ने कल्पना कसैले पनि नगर्न आग्रह गर्नुभयो ।

‘कसैले बुथ कब्जा गर्छु भन्छ भने त्यो कल्पना नगरे हुन्छ । बुथ कब्जा गर्ने कसैले छुट पाउने छैन । कसैले सक्नेवाला पनि छैन,’ ओलीको भनाइ छ ।

सम्बन्धित खबर