
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन् ।
सोमबार दिउँसो कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको ओखलढुङ्गे बस ब्रेक फेल भई मदनभण्डारी लोकमार्ग अन्तर्गत अधेरीमा सडकबाट अन्दाजी ३०/४० फिट तल खसेर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी उदयपुरको त्रियुगा नगरपालिका-११ की २२ वर्षीया मणिका मगर, कटारी नगरपालिका-४ की ३५ वर्षीया अनिता चौधरी, उदयपुरगढी गाउँपालिका-७ की ७३ वर्षीया सोममाया मगर, ताप्ली गाउँपालिका-५ का ४० वर्षीय प्रकाश भुजेल, त्रियुगा नगरपालिका-७ चुहाडे की २१ वर्षीया रेशिका बस्नेत, रौतामाई गाउँपालिका-७ का १७ वर्षीय तिलक बस्नेत घाइते भएका छन् ।
यसैगरी घाइते हुनेमा उदयपुरगढी गाउँपालिका टाडेका १० वर्षीय दिपेश तामाङ, कटारी नगरपालिका-४ की १९ वर्षीया पबित्रा श्रेष्ठ, त्रियुगा नगरपालिका-५ की २० वर्षीया रेश्मा बस्नेत, कटारी नगरपालिका-२ गोलपार्ककी ६० वर्षीया सोममाया परियार रहेका छन् ।
यसैगरी घाइते हुनेमा कटारी नगरपालिका-३ का २७ वर्षीय नितेश बुढाथोकी (सहचालक), कटारी नगरपालिका-५ का ७८ वर्षीय दलबहादुर तामाङ, कटारी नगरपालिका-४ का १५ वर्षीय प्रेम तामाङ, ताप्ली गाउँपालिका-५ रुपाटारका २८ वर्षीय सुवास नेपाली र कटारी नगरपालिका-४ का १५ वर्षीय सुजन तामाङ रहेका छन् ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ ।
बस चालक उदयपुर कटारी नगरपालिका-४ का ४५ वर्षीय बिक्रम राई प्रहरी नियन्त्रणमा रहेको छ । दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।


