२०८२ फागुन १० आइतवार , ०९:०८:४८ बजे

Sajhamanch
'

प्रतिनिधिसभा निर्वाचन : ११ प्रमुख जिल्ला अधिकारीमा महिला

आइतवार, फागुन १०, २०८२

काठमाडौं । गृह मन्त्रालय अन्तर्गतका ११ जिल्ला प्रशासन कार्यालयको नेतृत्व अहिले महिलाले गरिरहेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन हुँदै छ । निर्वाचनमा जिल्ला प्रशासन कार्यालयले कर्मचारी र सुरक्षाको कमान्ड सम्हाल्छ ।

निर्वाचनको बेलामा कर्मचारी र सुरक्षा प्रबन्धको नेतृत्व गर्ने ११ जिल्लामा महिला छन् ।

गृह मन्त्रालयका अनुसार अहिले कोशी प्रदेशका ४, बागमती प्रदेशको १, गण्डकी प्रदेशका २, लुम्बिनी प्रदेशका २, तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका १/१ जिल्लामा प्रमुख जिल्ला अधिकारी महिला छन् ।

कोशीको संखुवासभामा सृजना थपलिया, तेह्रथुममा बन्दना राई, सोलुखुम्बुमा लिलाकुमारी केसी पाण्डे र खोटाङमा रेखा कँडेल प्रमुख जिल्ला अधिकारी छन् ।

बागमती प्रदेशको सिन्धुली जिल्लामा स्कीम श्रेष्ठ प्रमुख जिल्ला अधिकारी छिन् । गण्डकी प्रदेशमा कास्कीमा रुद्रदेवी शर्मा र मुस्ताङमा अजिता शर्मा प्रमुख जिल्ला अधिकारी छन् ।

लुम्बिनी प्रदेशका पाल्पामा बिनु बज्राचार्य कुँवर र पूर्वीरूकुममा सिता परियार, कर्णालीको डोल्पामा जुनु हमाल ढकाल र सुदूरपश्चिमको डोटीमा कल्पना घिमिरे नेपाल प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत छन् ।

सम्बन्धित खबर