२०८२ फागुन १० आइतवार , ०६:३८:११ बजे

Sajhamanch
'

वैशाखयताका विपद् : ४५३ जनाको मृत्यु, ३८ बेपत्ता

आइतवार, फागुन १०, २०८२

काठमाडौं । वैशाख १ देखि फागुन १० सम्म देशभर विभिन्न विपद्का ६ हजार ४८४ घटनामा ४५३ जनाको मृत्यु भएको छ भने ३८ जना बेपत्ता भएका छन् । उक्त अवधिमा १ हजार ७४० जना घाइते भएका छन् भने १२ हजार १०९ परिवार प्रभावित भएका छन् ।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा बढी घटना आगलागीका ९३ हजार १०१० भएका छन् । आगलागीबाट ९४ जनाको मृत्यु, ४९९ जना घाइते तथा ३ हजार ४८१ परिवार प्रभावित भएका छन् ।

त्यस्तै, ५८५ पहिरोको घटना भएकामा ७२ जनाले ज्यान गुमाएका छन् । पहिरोबाट ५ जनाको अवस्था अझै अज्ञात छ भने ८१ जना घाइते भएका छन् । १ हजार ५५० परिवार पहिरोबाट प्रभावित छन् ।

सर्पदंशका ५८४ घटना भएकामा ९७ जनाको जनाको मृत्यु भएको छ । सर्पदंशबाट देशभर प्रभावित हुने परिवारको संख्या ५९० छ ।

जनावरको आक्रमणबाट भने ५१ जनाको मृत्यु भएको छ । यो अवधिमा जनावरको आक्रमणका ४६७ घटना भएका थिए । एक जना बेपत्ता र २१८ जना घाइते भएका छन् । भारी वर्षाका ४२७ घटना भएकामा ७ जनाले ज्यान गुमाए । २० जना घाइते र १ हजार १३ परिवार प्रभावित बने ।

बाढीका ३१६ घटनामा ३७ जनाको ज्यान गएको छ भने २७ जना घाइते र ३ हजार ३०४ परिवार प्रभावित भएका छन् ।

यस्तै डुबान, शीतलहर, हिमपहिरो, चट्याङ, वन डढेलो तथा महामारीका कारण पनि मानवीय तथा भौतिक क्षति भएको तथ्यांकमा उल्लेख छ ।

सम्बन्धित खबर