२०८२ फागुन १० आइतवार , ०४:३०:४८ बजे

Sajhamanch
'

‘कोही भ्रममा नपरौं, तोकिएकै समयमा निर्वाचन हुन्छ’

आइतवार, फागुन १०, २०८२

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने भएकोले कोही भ्रममा नपर्न आग्रह गर्नु भएको छ।

गोरखापत्र संस्थानले आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले तोकिएकै मिति र समयमा निर्वाचन सम्पन्न हुने बताउनु भयो।

अझै पनि केही उम्मेदवाहरूले आफूलाई निर्वाचनको बारेमा संशय राखेर फोन गर्ने गरेको बताउँदै भ्रममा नपरी निर्वाचनको प्रचारप्रसारमा लाग्न आग्रह गर्नुभयो। निर्वाचनको विकल्प निर्वाचन नै भएको दोहोर्‍याउँदै उहाँले निर्वाचनको वातावरण बिथोलिने अवस्था अब नबन्ने जिकिर गर्नुभयो।

राजनीतिक दल, उम्मेदवार र तिनका कार्यकर्ताहरू निर्वाचन प्रचारप्रसारमा सक्रिय रहेको र उनीहरूले पनि निर्वाचन बाहेक अर्को विकल्प नदेखेको भण्डारीको भनाइ छ। निर्वाचन बिथोल्ने वा अस्थिरता सिर्जना गर्ने कुनै पनि गतिविधि सरकारले निषेध गर्ने र निर्वाचन आयोगले समेत नजिकबाट अनुगमन गरिरहेको उहाँले स्पष्ट पानुृभयो।

‘केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्ने प्रायोजनका लागि नचाहिने हल्लाहरू गर्न सक्छन्,उनीहरूको निश्चित उद्देश्य पूरा गर्ने प्रायोजनका लागि अब नेपाली जनता साक्षी बस्न सक्दैनन्,’ उहाँले भन्नुभयो,‘अब निर्वाचनको वातावरण बिथोलिने वातारण बन्दैन। जसरी पनि निर्वाचन सम्पन्न हुन्छ।’

सम्बन्धित खबर