२०८२ फागुन ७ बिहिवार , ०५:१८:५३ बजे

Sajhamanch
'

देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छ : ओली

बिहिवार, फागुन ७, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उहाँले देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिने बताउनु भएको छ ।

पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा आज उहाँले आगामी निर्वाचन राष्ट्रघात र स्वाभिमानबीचको सङ्घर्ष भएको बताउनु भयो।

उहाँले भन्नुभयो, “आगो र उज्यालो दुवै मिलेर मात्र यो देशको भविष्य उज्ज्वल हुन्छ । हाम्रो राजनीति सबै पुस्तालाई जोड्ने, मिलाउने, साथ लिएर हिँड्ने हो ।”

अध्यक्ष ओलीले घोषणा पत्रमा तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा, र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो।

‘निर्वाचनपछि बन्ने सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरेर समयसीमा तोकी तत्काल गर्ने ११ काम अघि बढाउने छौं,’ उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले भदौ २४ गतेको महाविनाश अप्रत्याशित घटना नभई नेपाल राष्ट्रको सार्वभौमसत्ता र अस्तित्वमाथिको योजनाबद्ध आक्रमण रहेको बताउनु भयो।

सम्बन्धित खबर